काठमाडौँ– बडा दसैँ तथा सेल्सबेरी डिपार्टमेन्टल स्टोर्स कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा छुट योजना सार्वजनिक भएको छ।
आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने अफर ल्याइएको कम्पनीले जनाएको छ। यो अफर सेल्सबेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोर्स र पोखरा क्षेत्रमा सेलबेजका सबै शाखामा लागू हुनेछ।
ग्राहकले वाइनमा २० प्रतिशतसम्म छुट पाउनेछन्। विद्युतीय सामग्री र अन्य घरायसी सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ। हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थासमेत सेल्सबेरीले मिलाएको छ।
सेल्सबेरीले काठमाडौँको महारागञ्जमा ठूलो र सुविधा सम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ।
प्रकाशित: ३० असोज २०८० १८:२२ | Tuesday, October 17, 2023
प्रतिक्रिया



