सेनाका एकाइमा दसैँको हर्षोल्लास

हिमाल प्रेस ८ कार्तिक २०८० १९:०४ | Wednesday, October 25, 2023
सेनाका एकाइमा दसैँको हर्षोल्लास तस्बिर सौजन्य : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले देशभर तथा विदेशमा तैनाथ नेपाली सेनाका एकाइहरूमा बडा दसैँ हर्षोल्लासपूर्वक मनाइरहेको जनाएको छ। सेनाले नवदुर्गा भवानीको प्रसाद टीका, जमरा तथा शुभकामना आदानप्रदान गरेर दसैँ मनाइरहेको हो।

नेपाली सेनाले भनेको छ, ‘देशभर तथा विदेशमा तैनाथ नेपाली सेनाका एकाइमा शक्तिस्वरूपा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा तथा शुभकामना आदानप्रदान गरेर हर्षोल्लासपूर्वक मनाइँदै छ।’

यसै अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सकलदर्जाका सैनिक एवं परिवारजनलाई टीका र जमरा प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८० १९:०४ | Wednesday, October 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast