 
                             
                                            काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले ३ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको ऋणपत्र जारी गरेको छ। बैंकले १० प्रतिशत ब्याजदरको ‘सिटिजन्स बैंक डिबेन्चर २०९०’ बिक्री खुला गरेको हो।
ऋणपत्र असोज २१ गतेसम्म खरिद गर्न सकिनेछ। यो अवधिमा बिक्री भएन भने कात्तिक १ गतेसम्म बिक्री खुला हुने बैंकले जनाएको छ।
कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता ‘प्राइभेट प्लेसमेन्ट’ र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ। ऋणपत्रको अंकित मूल्य एक हजार रुपैयाँ छ। यसमा कम्तिमा २५ कित्ता आवेदन सकिने बैंकले जनाएको छ।
                            प्रकाशित: १७ असोज  २०८० १४:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 