सार्कका महासचिव गोलाम सरवर।
काठमाडौँ– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्। सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबार कार्यभार सम्हालेको सार्क सचिवालयले शनिबार जनाएको छ।
नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन्। उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन्।
सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्विडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन्। उनीसँग क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डीसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरेको अनुभव छ।
प्रकाशित: ११ कार्तिक २०८० १८:०९ | Saturday, October 28, 2023
प्रतिक्रिया



