सर्वोच्च अदालत कात्तिक ११ गतेसम्म बन्द

हिमाल प्रेस २७ असोज २०८० ९:५६ | Saturday, October 14, 2023
सर्वोच्च अदालत कात्तिक ११ गतेसम्म बन्द सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालत असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म बन्द हुने भएको छ।

दसैँको अवसरमा घटस्थापनादेखि कोजाग्रत पुर्णिमाका दिनसम्म बन्द हुने सर्वोच्च प्रशासनले जनाएको छ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक भने बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ।

प्रकाशित: २७ असोज २०८० ९:५६ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast