सरकार र शिक्षक महासंघबीचको सहमतिबारे सदनलाई जानकारी

हिमाल प्रेस २१ असोज २०८० १६:५४
सरकार र शिक्षक महासंघबीचको सहमतिबारे सदनलाई जानकारी प्रतिनिधिसभा बैठक काठमाडौँ, २१ असोज प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासंघ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सो सहमतिबारे जानकारी गराएका हुन्।

मन्त्री राईले सहमतिबमोजिम शिक्षकको मर्यादाक्रम कायम गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए।

मन्त्री राईले सहमतिका कतिपय बुँदा सरकारले आफैँ निर्णय गरेर समाधान गर्न सक्ने र कतिपय विषय विधेयक पारित भएपछि नियमावली बनाएर सम्बोधन गर्न सकिने स्पष्ट पारेका छन्।

प्रकाशित: २१ असोज २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast