सभामुखले राष्ट्रसंघका महासचिवले संसद्‌लाई सम्बोधन गर्ने सूचना सुनाए

हिमाल प्रेस १२ कार्तिक २०८० १४:१९ | Sunday, October 29, 2023
सभामुखले राष्ट्रसंघका महासचिवले संसद्‌लाई सम्बोधन गर्ने सूचना सुनाए सभामुख घिमिरे। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले संघीयस संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले महासचिव एन्टेनियो गुटरेसले संघीय संसद्‌को दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी गराएका हुन्।

घिमिरेले सरकारबाट प्राप्त पत्रहरू बाचन गरेर सुनाउँदै महासचिवले सम्बोधन गर्नेबारे जानकारी गराए। मन्त्रिपरिषद् बैठकको कात्तिक २ गते गरेको निर्णयअनुसार महासचिव गुटरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने भनेर सरकारबाट पत्र प्राप्त भएको जानकारी गराएका हुन्।

प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ। साथै सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आशनको दायाँतर्फ आशन ग्रहण गराउन सक्ने व्यवस्था रहेको छ।

प्रकाशित: १२ कार्तिक २०८० १४:१९ | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast