काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दैछ। संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन्।
नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।
बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ।
महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ।
प्रकाशित: १४ कार्तिक २०८० ६:३२ | Tuesday, October 31, 2023
प्रतिक्रिया





