संसद्‌मा उठ्यो ईसीडी, राहत र अस्थायी शिक्षकका समस्याबारे आवाज

हिमाल प्रेस २६ असोज २०८० १४:३७ | Friday, October 13, 2023
संसद्‌मा उठ्यो ईसीडी, राहत र अस्थायी शिक्षकका समस्याबारे आवाज प्रतिनिधिसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभामा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास (ईसीडी) शिक्षक, राहत र अस्थायी शिक्षकका समस्याबारे आवाज उठेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेका भीम आचार्यले ती शिक्षकका समस्याबारे आवाज उठाएका हुन्।

उनले भने, ‘बाल विकास शिक्षक, राहत र अस्थायी शिक्षकहरूका समस्यामा सरकार बेखबर छ। उनीहरूले आन्दोलन गरिरहेका छन्।’ उनले स्थानीय तहका कर्मचारीका समस्यामा पनि सरकार बेखबर रहेको आरोप लगाए। विभिन्न माग अघि सारेर स्थानीय तहका कर्मचारी आन्दोलित छन्। यसबाट विगत १२ दिनदेखि स्थानीय तहको काममा अवरोध भएको छ।

यसैगरी सांसद आचार्यले वीर अस्पतालबाट अन्यायपूर्ण ढंगले डाक्टरहरूलाई निष्कासन गरिएको आरोप लगाए। उनले भने, ‘स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। सरकार बेखबर छ।’

गुण्डागर्दी गर्ने र ज्यान मार्ने मान्छेहरूलाई भने राज्यले उन्मुक्ति दिइरहेको उनको आरोप छ। यसैगरी उनले धरानबाट सुरु भएको डेंगु संक्रमण राजधानीमा तीव्र रूपमा फैलिँदा पनि सरकार बेखबर देखिएको बताए। सांसद आचार्यले चाडबाडका बेला कालोबजारी असाध्यै चर्को हुँदा पनि सरकार रहेको अनुभूति नरहेको बताए।

प्रकाशित: २६ असोज २०८० १४:३७ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast