शान्ति सैनिकको निधन

हिमाल प्रेस २६ असोज २०८० १७:२८ | Friday, October 13, 2023
शान्ति सैनिकको निधन

काठमाडौँ- शान्ति सेनामा खटिएका एक नेपाली सैनिकको निधन भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार निधन हुनेमा प्युठ भूपजित राई छन्। उनी संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत थिए।

उनको निधन शुक्रबार भएको निर्देशनालयको विज्ञिप्तिमा उल्लेख छ। राई उक्त गणअन्तर्गत ट्याक्टिकल अप्रेटिङ बेसमा कार्यरत रहँदा बिरामी भएका थिए। कंगोको बुनियास्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ।

उनको स्थायी ठेगाना खोटाङ जिल्ला, फक्टाङ गाउँपालिका-८ हो।

प्रकाशित: २६ असोज २०८० १७:२८ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast