विद्युतीय स्कुटर लेभनिङको दसैँ अफर

हिमाल प्रेस २४ असोज २०८० १३:२२ | Wednesday, October 11, 2023
विद्युतीय स्कुटर लेभनिङको दसैँ अफर

काठमाडौँ- दुई पांग्रे विद्युतीय सवारी विक्रेता लेभनिङले दसैँ अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दसैँ अफर ल्याएको हो।

यसअन्तर्गत कम्पनीले किस्ताबन्दीमा ब्याज नलाग्ने तथा विभिन्न एसिसरिज निःशुल्क उपलब्ध गराउने भएको छ। यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुटसमेत पाउने कम्पनीले जनाएको छ। लेभनिङको दसैँअन्तर्गत ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन्। एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्यांकन दिने बताएको छ।

अफर अवधिभरमा ग्राहकले लेभनिङको शोरुम घुम्दा मात्र पनि स्कुटर जित्न सक्नेछन्। यसअन्तर्गत शोरम भ्रमण गर्नेहरूबीच लक्की ड्र हुनेछ। जसबाट एक जनाले स्कुटर जित्न सक्नेछन्। कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टी उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २४ असोज २०८० १३:२२ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast