 प्रतिनिधिसभाको बैठक। 
फाइल तस्बिर
                             प्रतिनिधिसभाको बैठक। 
फाइल तस्बिर 
                                            काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बिहीबार प्रतिनिधिसभामा उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन्।
विधेयकमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिलाई सम्बोधन हुने गरी संशोधन प्रस्ताव पेस भएका छन्। असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि बुधबार दिउँसो ४ बजेसम्म समय दिइएको थियो।
विधेयकमा संशोधनमा असोज ५ गते नेपाल शिक्षक महासंघ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरूको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ। उक्त विधेयकमा सांसदले संयुक्त र एकल रूपमा एक सय ५० भन्दा बढी संशोधन दर्ता गराएका छन्।
रकारले संसद्ंमा विधेयक दर्ता गरेपछि महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो। आन्दोलनपछि भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो। सोही बुँदा विधेयकमा संशोधनका रूपमा समावेश गरिएको हो। अब उक्त विधेयकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![राजधानीमा शिक्षकहरूको शक्ति प्रदर्शन [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/09/teacher_andolan_protest-7.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 