वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध : अर्थमन्त्री महत

हिमाल प्रेस २६ असोज २०८० २१:४३ | Friday, October 13, 2023
वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटवार्तामा विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो।

अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुरा नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन पनि आग्रह गरेका थिए।

प्रकाशित: २६ असोज २०८० २१:४३ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast