लक्ष्मी सन्‌राइज बैंकद्वारा बालबालिकाका लागि सहयोग प्रदान

हिमाल प्रेस २६ असोज २०८० १६:०२ | Friday, October 13, 2023
लक्ष्मी सन्‌राइज बैंकद्वारा बालबालिकाका लागि सहयोग प्रदान

काठमाडौँ– विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आएको लक्ष्मी सन्‌राइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरका विभिन्न संस्थासँग सहकार्य गरी ४०० भन्दा बढी बालबालिका लाभान्वित हुनेगरी विविध सरसामग्री तथा खाद्यान्न सहयोग गरेको छ।

यसै क्रममा बैंकले नेपाल बाल संगठनअन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दसैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्सालस्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।

बैंकले उर्लाबारीको नमूना बाल गृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसने गरुडाको श्री बन्सिलाल जैसवाल अनाथालय, हेटौँडामा मामाघर नेपाल, पोखरामा रहेको रेन्बो चिल्ड्रन होम, कोरीहवाको अविनास आश्रम, वीरेन्द्रनगरको न्यू लाइफ चिल्ड्रेन्स हेभन र धनगढीमा रहेको आमाको माया छात्रवासका बालबालिकाको लागि विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।

प्रकाशित: २६ असोज २०८० १६:०२ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast