रियलमीको ‘दसैँ तिहार उमंग, उपहारले सबै दंग’ योजना

हिमाल प्रेस ३० असोज २०८० १७:१४ | Tuesday, October 17, 2023
रियलमीको ‘दसैँ तिहार उमंग, उपहारले सबै दंग’ योजना

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड रियलमीले बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा ‘दसैँ तिहार उमंग, उपहारले सबै दंग’ योजना ल्याएको छ।

असोज २८ देखि सुरु भएको योजना कात्तिक २९ गतेसम्म लागू हुनेछ।

यसअन्तर्गत दैनिक रूपमा २.२ लिटरको कोनका राइसकुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर र कोनका इन्डक्सन जित्न सक्नेछन्। साप्ताहिक रूपमा ६/१२८ जीबीको नार्जो एन–५३ जित्ने अवसर छ।

त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन, कोनका ५५ इन्चको फोर के टीभी, रियलमी जीटी–२ प्रो र टीभीएस एनटर्क स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुनको लागि रियलमीक्याम्पेड डटकममा गएर खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नामजस्ता विवरण भर्नुपर्नेछ।

प्रकाशित: ३० असोज २०८० १७:१४ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast