रिगलविरुद्धको मुद्दाको सुनुवाइ कात्तिक १४ गते

हिमाल प्रेस २५ असोज २०८० १६:०३ | Thursday, October 12, 2023
रिगलविरुद्धको मुद्दाको सुनुवाइ कात्तिक १४ गते रिगल

काठमाडौँ– ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजाय काटिरहेका योगराज ढकाल रिगलको कैद मिनाहाविरुद्ध दायर भएको रिटमा सुनुवाइ भए पनि आदेश भने आएन।

बिहीबार पूर्ण इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। बहस सुरु गरे पनि प्रधानन्यायाधीश श्रेष्ठले यस्ता प्रकृतिका मुद्दाको फैसला अधिक गरेकाले फैसला नदिएका हुन्। मुद्दाको अर्को पेसी कात्तिक १४ का लागि तोकिएको छ।

रिगल समूहको खुँडा प्रहारबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ दोस्रोपटक हुन लागेको हो। यसअघि गत बिहीबार (१८ असोज) प्रारम्भिक सुनुवाइ भएको थियो।

प्रकाशित: २५ असोज २०८० १६:०३ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast