 रिगल
                             रिगल
                                            काठमाडौँ- व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैदको ठहर भएका रिगल ढकालको माफी मिनाहाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने सरकार र राष्ट्रपतिको कदम संविधान र कानुन विपरीत रहेको बताउदै मृतक चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिट दिएकी हुन्। रिटमा कसुरदारलाई पुनः कैदमा राख्न माग गरिएको छ।
यसअघि उक्त रिटलाई पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको इजलासले गत असोज १९ गते प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाएको थियो। सोही आदेश अनुरुप तीनजना न्यायाधीश संलग्न पूर्ण इजलास गठन भई सुनुवाइ भरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 