 रिगल
                             रिगल
                                            काठमाडौँ- नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएका रिगल भनिने योगराज ढकाललाई दिएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्।
चेतनको हत्यामा अदालतबाट जन्मकैदको सजाय पाएका तरुण दलका तत्कालीन क्षेत्रीय सभापति रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो। कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेर सार्वजनिक कार्यक्रम गर्दै हिँडेका थिए।
आफ्ना श्रीमान्का हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी हुन्।
                            प्रकाशित: १६ असोज  २०८० १५:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 