राष्ट्रियसभाको बैठक मंगलबार

हिमाल प्रेस १० कार्तिक २०८० १६:१९ | Friday, October 27, 2023
राष्ट्रियसभाको बैठक मंगलबार फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते मंगलबार अपराह्न ४ः४६ बजे बस्ने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ।

सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। महासचिव गुटेरेस आइतबार नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ।

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो।

प्रकाशित: १० कार्तिक २०८० १६:१९ | Friday, October 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast