काठमाडौँ- कवि तथा गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ सार्वजनिक भएको छ। गीतमा शब्दमा उनकै छन्। यो उनको पहिलो गीत हो।
गजल शैलीको गीत रञ्जनाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। बिन्दु परियारको स्वर रहेको गीतमा सुदीप सागरको संगीत र संगीत संयोजन छ।
प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन्।
प्रकाशित: १७ असोज २०८० १५:३६ | Wednesday, October 4, 2023
प्रतिक्रिया




