यस्तो छ आगामी तीन दिनको मौसम

हिमाल प्रेस ९ कार्तिक २०८० ७:५३ | Thursday, October 26, 2023
यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ- देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ, ‘देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तसर्थ वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

बिहीबार ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शुक्रबार ː पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार ː सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: ९ कार्तिक २०८० ७:५३ | Thursday, October 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast