मुलुकभर ७५ लाख ५२ हजार घर, ६० प्रतिशत एक तले

हिमाल प्रेस १३ कार्तिक २०८० १२:३३ | Monday, October 30, 2023
मुलुकभर ७५ लाख ५२ हजार घर, ६० प्रतिशत एक तले ललितपुरको बडिखेलको टिनले छाएको झुपडी (घर)।

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को थप नतिजा सार्वजनिक गरेको छ। जसअनुसार मुलुकभर ७५ लाख ५२ हार ६६ वटा घर छन्। ती घरहरूमध्ये सबैभन्दा बढी अर्थात् ५९.८२ प्रतिशत एक तले छन्।

दोस्रोमा २८.७८ प्रतिशत दुई तले, ९.१७ प्रतिशत तीन तले, ०.६४ प्रतिशत पाँचदेखि सात तले रहेका छन्। नतिजाअनुसार ०.०१ प्रतिशत आठदेखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन्।

मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत छन्। पाँच वा सोभन्दा बढी तल भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् २.३४ प्रतिशत छन्।

कुल घरमध्ये २७.९५ प्रतिशत ४ वर्षभित्र बनेका छन्। ०.५ प्रतिशत घर एक सय वर्षभन्दा पुराना छन्। देशभर रहेका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर बनाउँदा सरकारी अनुदान लिएका छन्। अनुदान लिने परिवार सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत छन्।

प्रकाशित: १३ कार्तिक २०८० १२:३३ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast