काठमाडौँ- मिस हङकङ नेपालको पहिलो अडिसन हङकङस्थित केनेडी टाउनमा गरिएको छ। सो अडिसनबाट पाँच जना प्रतिस्पर्धी छानिएका छन्।
कोभिड महामारीपछि पहिलोपटक हङकङमा मिसन हङकङ नेपालको अडिसन गरिएको हो। दोस्रो अडिसनबाट पनि पाँच जना छानिनेछन्।
दुईवटा अडिसनबाट १० जना छानिने र ती मध्ये एक जना मिस नेपालमा सीधै प्रतिस्पर्धा गर्न पाउने पाँच निर्णायकमध्ये एक रोशनी खरेलले जानकारी दिइन्।
खरेल पहिलो मिस नेपालका प्रतिस्पर्धी थिइन् भने हङकङमा रहेकी नेपाली मूलकी सफल व्यवसायी हुन्।

प्रकाशित: १४ कार्तिक २०८० २०:३८ | Tuesday, October 31, 2023
प्रतिक्रिया




