मिसन २०८४ होइन, देश बनाउने मिसनमा लागौँ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २८ असोज २०८० २१:३२ | Sunday, October 15, 2023
मिसन २०८४ होइन, देश बनाउने मिसनमा लागौँ : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको आज उद्घाटन गर्दै उनले केही राजनीतिक दल र नेताहरुले मिसन २०८४ को नारा दिएर लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको बताएका हुन्।

‘मिसन २०८४ को नारा दिएर अहिले केही दल र व्यक्तिले यो व्यवस्थालाई नै खिल्ली उडाउने प्रयास गरिरहेका छन्, हामीले अब चुनाबको चिन्ता होइन, देशको चिन्ता गर्नुपर्छ, यस्ता चुनावी मिसन त हामीले २०४६ सालदेखि अहिलेसम्म धेरै लडिसक्यौँ,’ महामन्त्री शर्माले भने, ‘म सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई के भन्न चाहन्छु भने चुनाबको अब चिन्ता छाडौँ, देशको चिन्ता गरौँ, देश बनाउने साझा मुद्दामा लागौँ।’

प्रकाशित: २८ असोज २०८० २१:३२ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast