मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरी नै पक्राउ

हिमाल प्रेस १४ कार्तिक २०८० ६:५२ | Tuesday, October 31, 2023
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरी नै पक्राउ

काठमाडौँ- मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन्।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए। उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ परेका छन्।

प्रहरीको अनुसन्धानले तामाङ मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा संलग्नता भएको पाइएको प्रहरीको दाबी छ। रासस

प्रकाशित: १४ कार्तिक २०८० ६:५२ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast