माध्यमिक तहमा ७१८ जना शिक्षक सिफारिस

हिमाल प्रेस १४ कार्तिक २०८० १०:५२ | Tuesday, October 31, 2023
माध्यमिक तहमा ७१८ जना शिक्षक सिफारिस

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहका ७१८ जना शिक्षक नियुक्ति लागि सिफारिस गरेको छ। आयोगले खुला प्रतियोगितात्मक परीक्षाको लिखित र अन्तर्वार्तासमेतबाट सातवटै प्रदेशबाट छनोट भएका ७१८ जना उम्मेदवारको नाम स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो। आयोगले विषयगत र प्रदेशगत रूपमा एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरी पठाइएको जनाएको छ।

कुनकुन जिल्लाका लागि कति शिक्षक आवश्यक रहेको भन्ने विवरण केन्द्रसँग रहेको हुन्छ। सोही आधारमा केन्द्रले प्रदेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयलाई विवरण पठाउनेछ।

त्यसपछि प्रदेश निर्देशनालयले जिल्ला छनोटका लागि आह्वान गर्नेछ। यसरी जिल्ला छनोट गर्दा केन्द्रले उपलब्ध गराएको योग्यताक्रम सूचीलाई आधार बनाउनुपर्नेछ। जिल्ला छनोटपछि समावेशी र मेरिटका आधारमा निर्देशनालयले जिल्ला तोकिदिनेछ। त्यसपछि सम्बन्धित जिल्लामा गएर नियुक्ति लिन पाइनेछ।

आयोगले २०७९ पुस २५ गते खुलाएको विज्ञापनमा दरखास्त आह्वान गरी लिखित र मौखिक परीक्षामा उत्तीर्ण प्रतिस्पर्धीलाई स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रकाशित: १४ कार्तिक २०८० १०:५२ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast