मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द हुने

हिमाल प्रेस १४ असोज २०८० १६:०५
मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ- नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। असोज १७ गते बुधबार र १८ गते बिहीबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको हो।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई दिनका लागि केबलकार सेवा बन्द हुने भएको हो। केबलकार सेवा बन्द रहे पनि तल्लो स्टेसनमा रहेको रेष्‍टुरेन्ट भने नियमित सञ्चालनमा रहने छ। केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबारदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ असोज २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast