भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २५ असोज २०८० ६:२३ | Thursday, October 12, 2023
भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन : गृहमन्त्री श्रेष्ठ फाइल तस्बिर

गोरखा- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताएका छन्।

नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा सुरु भएको बृहत् लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य नगरेसम्म समृद्ध नेपाल निर्माण गर्न सम्भव नहुने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा समृद्धिको प्रक्रिया अगाडि बढाउनका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै सुशासन कायम नभएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताए।

‘देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अगाडि बढाउने अठोटका साथ हामीले काम गरिरहेका छौँ’, उनले भने, ‘तर जनताले जीवनमा परिवर्तन महसुस हुने गरी काम हुन सकेको छैन, त्यसका लागि सुशासन अनिवार्य सर्त हो।’

प्रकाशित: २५ असोज २०८० ६:२३ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast