भारतीय सहयोगमा हुम्लामा दुईवटा विद्यालय भवन निर्माण

हिमाल प्रेस २ कार्तिक २०८० ११:३८ | Thursday, October 19, 2023
भारतीय सहयोगमा हुम्लामा दुईवटा विद्यालय भवन निर्माण

काठमाडौँ– भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

सर्केगाड गाउँपालिकािस्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो। दुवै भवन ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको साढे पाँच करोड अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो।

समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८० ११:३८ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast