भारतमा अर्ध-उच्च गतिको रेल सेवा सुरु

हिमाल प्रेस ३ कार्तिक २०८० १९:५६ | Friday, October 20, 2023
भारतमा अर्ध-उच्च गतिको रेल सेवा सुरु

नयाँदिल्ली– भारतले शुक्रबारदेखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको छ।  आरआरटीएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरेका हुन्।

रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ। ‘भारतको पूर्वाधारमा एउटा महत्त्वपूर्ण विकास! दिल्ली-मेरठ आरआरटीएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ’, उद्घाटनपछि आयोजित ¥र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने।

अधिकारीहरुका अनुसार दिल्ली-गाजियाबाद-मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिनेछ। रासस/सिन्हवा

प्रकाशित: ३ कार्तिक २०८० १९:५६ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast