भागबन्डा मिलेपछि चुनियो एमाले मधेशको पदाधिकारी, अध्यक्षमा श्रेष्ठ निकट मण्डल चयन

हिमाल प्रेस २६ असोज २०८० १३:१७ | Friday, October 13, 2023
भागबन्डा मिलेपछि चुनियो एमाले मधेशको पदाधिकारी, अध्यक्षमा श्रेष्ठ निकट मण्डल चयन

काठमाडौँ- नेकपा एमाले मधेश प्रदेशमा केन्द्रीय नेताले भागबन्डा मिलाएसँगै पदाधिकारी निर्विरोध चुनिएको छ। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल चयन भएका छन्।

उनी एमाले पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठ निकट हुन्। श्रेष्ठले अध्यक्षमा सारेका मण्डल सर्वसम्मत हुँदा उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन्। उनी संविधान सभा सदस्य हुन्।

उनलाई पार्टी सचिव तथा कोशी इञ्चार्ज रघुवीर महासेठले अघि सारेका हुन्।

सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन्। उनी एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलनिकट रहेको एक नेताले बताए।

उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्। भण्डारी यसअघि पनि उपसचिव नै थिइन्।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।

 

प्रकाशित: २६ असोज २०८० १३:१७ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast