 मोहनबहादुर बस्नेत। फाइल तस्बिर
                             मोहनबहादुर बस्नेत। फाइल तस्बिर
                                            बाँके- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरंग सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिएका छन्।
अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्ड मंगलबार उद्घाटन गर्दै उनले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताए। मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि किसिमको कमजोरी नगर्न पनि सुझाव दिए ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले क्यान्सर अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिए।
                            प्रकाशित: १७ असोज  २०८० ७:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 