बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

हिमाल प्रेस २४ असोज २०८० ६:२१ | Wednesday, October 11, 2023
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौँ- बागमती प्रदेशसभा बैठक अन्त्य भएको छ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार प्रदेश सभाको १२औँ बर्खे अधिवेशन मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन्।

मन्त्रिपरिषद्बाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेश सभा बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए।

बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो ।

प्रकाशित: २४ असोज २०८० ६:२१ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast