काठमाडौँ– फिल्म ‘फर्की फर्की’ आगामी जेठ ११ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले आगामी जेठ ११ गतेदेखि फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो।
लक्ष्मीपूजाको दिन शुभमुहूर्त गरेर मंसिर १ गतेदेखि छायांकनमा जाने तयारी रहेको निर्माण टिमले जनाएको छ। फिल्म नरेन्द्र मैनालीले छायांकन गर्नेछन्। रोहित अधिकारीले निर्माण गर्ने फिल्मको अहिले वर्कसपको काम भइरहेको छ।
फिल्ममा कलाकार अनमोल केसी, जसिता गुरुङ, समृद्धि अर्याल, रवि काफ्लेलगायत कलाकारको अभिनय रहनेछ।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा रोहित अधिकारी र ओम अग्रवालको लगानी रहनेछ। फिल्ममा निर्देशक सुयोगकै कथा तथा पटकथा रहनेछ।
प्रकाशित: २९ असोज २०८० ११:५४ | Monday, October 16, 2023
प्रतिक्रिया




