प्रहरी जवानले गरे गोली हानी आत्महत्या

हिमाल प्रेस ८ कार्तिक २०८० १३:४८ | Wednesday, October 25, 2023
प्रहरी जवानले गरे गोली हानी आत्महत्या

इनरुवा– सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्। मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोशी गाउँपालिका- ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो। घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ। रासस

प्रकाशित: ८ कार्तिक २०८० १३:४८ | Wednesday, October 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast