प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

हिमाल प्रेस ३० असोज २०८० २३:१० | Tuesday, October 17, 2023
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले मंगलबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको हो।

प्रधानमन्त्री दाहाल मंगलबार दिउँसो छातीमा केही असहज महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएका थिए। हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य छ।’

प्रधानमन्त्री दाहालको उपाचारमा डा. युवराज शर्मा, डा. यादव भट्ट र डा. जेपी जयसवाल संलग्न रहेको हस्पिटलले जनाएको छ। रासस

प्रकाशित: ३० असोज २०८० २३:१० | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast