प्रदेश प्रमुखलाई दबाब दिन पुगे कार्की पक्षका ४८ सांसद

हिमाल प्रेस २६ असोज २०८० १७:२९ | Friday, October 13, 2023
प्रदेश प्रमुखलाई दबाब दिन पुगे कार्की पक्षका ४८ सांसद

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीमा केदारबहादुर कार्कीलाई नियुक्तिको माग गर्दै ४८ जना सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। प्रदेश संसद् सचिवालयमा जम्मा भएर उनीहरू प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार उनीहरूले हस्ताक्षर बुझाएका थिए  तर प्रदेश प्रमुख कार्कीले दिएको समय घर्किन लाग्दा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै उनीहरू दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन्। यसैबीच कार्कीले दुईजना कांग्रेस सांसद थपिएको दाबी गरेका छन्।

प्रकाशित: २६ असोज २०८० १७:२९ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast