प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस
काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे संसद् भवन बानेश्नरमा बस्नेछ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित: २६ असोज २०८० ७:५७ | Friday, October 13, 2023
प्रतिक्रिया





