पोखरा आएका राष्ट्रसंघ महासचिव पुम्दीकोटमा

हिमाल प्रेस १३ कार्तिक २०८० १७:३८ | Monday, October 30, 2023
पोखरा आएका राष्ट्रसंघ महासचिव पुम्दीकोटमा

पोखरा- सोमबार पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटस्थित विशाल महादेव मूर्तिको अवलोकन गरेका छन्।

उनले मूर्तिको दर्शन गर्दै त्यहाँबाट चित्ताकर्षक देखिने फेवाताल, हिमाल र समग्र पोखराको अवलोकन गरे। विगतमा पनि पोखरा आएको स्मरण गर्दै उनले पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिएको उनको भनाइलाई उद्घृत गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताए।

उनले फेवातालमा बोटिङ पनि गर्ने कार्यक्रम छ। चार दिने नेपाल भ्रमणका क्रममा उनी दिउँसो सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए।

गण्डकी प्रदेशको राजधानी पोखरामा उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गरेका थिए। महासचिव गुरेटेसलाई मुख्यमन्त्री पाण्डेले माला पहिर्‍याइएर स्वागत गरे भने मेयर आचार्यले ढाकाटोपी लगाइदिएका थिए।

उनको स्वागतमा विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए। उनी सोमबार साँझ फिस्टेल लजमा बस्ने छन्। मंगलवार बिहानन विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप जाने कार्यक्रम रहेको प्रजिअ घिमिरेले बताए।

प्रकाशित: १३ कार्तिक २०८० १७:३८ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast