 
                             
                                            काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा सरकारको कुनै भूमिका नरहेको बताएकी छन्। प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी गंगाले दाहालले मूल्य स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने भएकाले सरकारको भूमिका नरहेको बताएकी हुन्।
सरकारले चाडपर्वको मुखमा भएको मूल्य वृद्धिको कारण परेको मर्कालाई राहत दिने उनको भनाइ छ। ‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गर्दछ, यसमा सरकारको भूमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालित रूपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ ! आशा गरौं चाडपर्वको मुखमा मूल्य वृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्।
नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आजदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको हो। पेट्रोल २ रुपैयाँ डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ बढेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 