पारा खेलाडीहरूसँग एनसेल आवद्ध

हिमाल प्रेस ३० असोज २०८० १४:१४ | Tuesday, October 17, 2023
पारा खेलाडीहरूसँग एनसेल आवद्ध

काठमाडौँ– कात्तिक ५ देखि ११ गतेसम्म चीनको हृङजाओ सहरमा हुने चौथौ पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी राष्ट्रिय पारा खेलाडीसँग एनसेल आवद्ध भएको छ।

पारा एसिएन गेम्स २०२२ मा १० वटा खेलमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना दिए।

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने सम्पूर्ण पारा खेलाडीको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ। यस वर्ष १९ जना पारा खेलाडीले आफ्नो देशको लागि खेल्नेछन्। एथलेटिक्स, ब्याडमिन्टन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ। खेलाडीहरू आज राति हृङजाओ प्रस्थान गर्दैछन्।

प्रकाशित: ३० असोज २०८० १४:१४ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast