नेपाल स्टार्टअप फेस्ट डिसेम्बरमा, लगानीका लागि ११ कम्पनीसँग सहमति

हिमाल प्रेस २९ असोज २०८० १५:३२ | Monday, October 16, 2023
नेपाल स्टार्टअप फेस्ट डिसेम्बरमा, लगानीका लागि ११ कम्पनीसँग सहमति

काठमाडौँ- नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ।

मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण गरेको थियो। मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारीसमेत गरेको छ।

एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्विटी, टिम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआईबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो। यी कम्पनीसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ।

प्रकाशित: २९ असोज २०८० १५:३२ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast