नेपाली सेनाबारे जथाभावी लेखेको आरोपमा डिल्लीराम खनाल पक्राउ

हिमाल प्रेस १४ कार्तिक २०८० १८:२७ | Tuesday, October 31, 2023
नेपाली सेनाबारे जथाभावी लेखेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौँ- नेपाली सेनाप्रति सामाजिक सञ्जालमा जथाभावी लेख्ने झापाका डिल्लीराम खनाल पक्राउ परेका छन्। नेपाली सेना एवम् प्रधानसेनापति प्रभुराम शर्माप्रति घृणा र द्वेष फैलाउने स्टाटस लेखेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।

झापाको दमक नगरपालिका ५ का ४६ वर्षीय खनाल हाल काठमाडौंमै बस्छन्। खनाल यसअघि पनि युट्युवमा जथाभावी बोल्दै हिँडेपछि पक्राउ परेका थिए। उनले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध जथाभावि लेखेपछि सेनालाई उनलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्र पठाएको थियो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा कारबाही गर्न अदालतबाट ७ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडी बढाएको साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपति कुमार रायले बताए।

प्रकाशित: १४ कार्तिक २०८० १८:२७ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast