नेपाली कांग्रेसको शुभकामना र चियापान सुरु

हिमाल प्रेस ११ कार्तिक २०८० १३:४३ | Saturday, October 28, 2023
नेपाली कांग्रेसको शुभकामना र चियापान सुरु नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजना गरेको बडादसैँ, तिहार, नेपाल संवत र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी पार्टी सभापति शेरबहादुर देउवालगायत। तस्बिर : रासस

काठमाडौँ- कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरिरहेका छन्।

कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुने पार्टीले जनाएको छ। कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो।
कांग्रेसका संस्थापक बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ देखि चियापान सुरु गरेको हो।
कार्यक्रमलाई २०३८ सम्म बीपीले निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन्।

प्रकाशित: ११ कार्तिक २०८० १३:४३ | Saturday, October 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast