नेपालमा संघीयता विरोधी शक्तिहरू सलबलाए : उपेन्द्र यादव

हिमाल प्रेस २६ असोज २०८० १०:०२ | Friday, October 13, 2023
नेपालमा संघीयता विरोधी शक्तिहरू सलबलाए : उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।फाइल तस्बिर

न्यूयोर्क- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको संविधानमाथि खतरा उत्पन्न भएको गुनासो गरेका छन्।

 उनले नेपालमा अहिले ठूला राजनीतिक दल र यो व्यवस्थालाई नस्वीकार्ने तत्वहरूको सक्रियताले संविधान खतरामा परेको बताएका हुन्।

अक्टुबर २ का दिन न्युयोर्कमा नेपाली समाज अमेरिकाले आयोजना गरेको कार्यक्रममा उनले अहिले देशमा देशी विदेशी तत्वहरू र संघीयता, समानुपातिक प्रणाली, समावेशिकरण, धर्मनिरपेक्षता र गणतन्त्र नचाहाने शक्तिहरू सल्बलाएको बताए।

यादवले अहिले देशमा ठूला भनिएका शक्तिहरू प्रतिगामी सोच र चिन्तनका कारण यो व्यवस्था नचाहने तत्वहरूलाई बल मिलेको बताए। उनले जसपा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा पछाडी हट्ने कुनै पनि सम्झौता नगर्ने दाबी गरे।

अर्को फरक प्रसंगमा प्रवासमा रहेका नेपाली नागरिकहरूले आगामी निर्वाचनदेखि मतदान गर्न पाउने व्यवस्था अहिलेको सरकारले गरिरहेको बताए।

प्रकाशित: २६ असोज २०८० १०:०२ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast