निर्वाचन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक

हिमाल प्रेस १ कार्तिक २०८० १७:२९ | Wednesday, October 18, 2023
निर्वाचन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिकले शिष्टाचार भेट गरेकी छन्।

निर्वाचन आयोग र युरोपियन युनियनबीचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा प्रमुख निर्वाचन आयुक्त र महामहिम राजदूतबीच छलफल भएको आयोगले जनाएको।

छलफलमा आयोगका तर्फबाट निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारका निम्ति आयोगले तयार गरेको कार्ययोजनाका बारेमा अवगत गराइएको थियो।

राजदूत भेरोनिकले उक्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको बताएकी थिइन्।

प्रकाशित: १ कार्तिक २०८० १७:२९ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast