दसैँ बिदामा मानवअधिकार आयोग खुला रहने

हिमाल प्रेस २ कार्तिक २०८० १६:२० | Thursday, October 19, 2023
दसैँ बिदामा मानवअधिकार आयोग खुला रहने

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ बिदामा खुला रहनेछन्। बिदाका दिनमा आयोगका कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ।

आमनागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

‘यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन समेतगर्नेछ’, आयोगले भनेको छ।

प्रकाशित: २ कार्तिक २०८० १६:२० | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast