दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजाआराधना गरिँदै

हिमाल प्रेस २ कार्तिक २०८० ७:२२ | Thursday, October 19, 2023
दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौँ- नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिन्छ।

नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो।

दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो। चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ।

प्रकाशित: २ कार्तिक २०८० ७:२२ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast