दसैँको तेस्रो दिन काठमाडौँका शक्तिपीठमा दर्शनार्थीको भीड [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३० असोज २०८० ८:०० | Tuesday, October 17, 2023
दसैँको तेस्रो दिन काठमाडौँका शक्तिपीठमा दर्शनार्थीको भीड [तस्बिरहरू]

काठमाडौँ- दसैँको तेस्रो दिन मंगलबार भगवती चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै छ। चन्द्रघण्टा देवीको आराधनाका लागि बिहानैदेखि देशभरका भगवतीका मन्दिर र शक्तिपीठमा सबेरैदेखि भक्तजनको घुइँचो लागेको छ। काठमाडौँका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ।

नवरात्रको तेस्रो दिन महामायाको तेस्रो स्वरूप भगवती चन्द्रघण्टा देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ। अर्धचन्द्र भएकी माता चन्द्रघण्टाको स्मरणद्वारा सांसारिक सुखभोगको इच्छा पूर्ण भई जीवनबाट मुक्ति मिल्ने विश्वास छ।

१० भुजाले युक्त सिंहवाहिनी चन्द्रघण्टा देवी पीत वर्णले आभासित हुनुहुन्छ। यिनको स्मरणले इच्छा र आशाको द्वन्द्वबाट छुटकारा मिल्छ। उपासकमा शान्तभावको पालना गरी निरन्तर पूजन, ध्यान र चिन्तन गर्नु आवश्यक छ। नवरात्रको यस दिनमा करुणामूर्ति देवीको आराधना गर्ने प्रचलन अत्यन्त सारगर्भित छ। योगविज्ञानका अनुसार यस दिनमा साधकको ध्यान मणिपुर चक्रमा केन्द्रित हुन्छ।

धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी मन्दिरहरूमा पनि श्रद्धालुको भीड लागेको छ। नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ।

प्रकाशित: ३० असोज २०८० ८:०० | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast