डेंगुबाट छ वर्षीय बालकको मृत्यु

हिमाल प्रेस २६ असोज २०८० ११:५७ | Friday, October 13, 2023
डेंगुबाट छ वर्षीय बालकको मृत्यु सांकेतिक तस्बिर।

तनहुँ- डेंगु संक्रमणको तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए।

छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

डेंगु संक्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २६ असोज २०८० ११:५७ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast